वीरगन्ज, पुस १४ । १५ हजार रुपैयाँ घुस रकमसहित वीरगन्ज महानगरपालिकाका कम्प्यूटर अपरेटर राकेश जैशवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सोमबार क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको अख्तियारको टोलीले लेखा शाखामा छापामारी सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
ठेक्कापट्टाको भुक्तानी गरेवापत् रकम लिनेक्रममा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
रकमसहित नियन्त्रणमा लिइएका जैशवाललाई अनुसन्धानका लागि अख्तियारको टोलीले हेटौंडा लगेको छ ।








प्रतिक्रिया दिनुहोस्