पिलिपिन्सका राष्ट्रपति दुतेर्तेले चुनाव नलड्ने « Image Khabar


पिलिपिन्सका राष्ट्रपति दुतेर्तेले चुनाव नलड्ने


0
Shares

एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आगामी वर्ष हुने राष्ट्रपति पदमा चुनाव नलड्ने बताउनुभएको छ ।

७६ वर्षीय दुतेर्तेले गत महिना आफू सन् २०२२ मा उपराष्ट्रपति पदको उम्मेदवार बन्ने बताउनुभएको थियो । मुलुकको संविधानले उहाँलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्नबाट रोकेको छ ।

आफू यो पदका लागि योग्न नरहेको फिलिपिन्सका नागरिकको भारी भावनालाई कदर गर्ने राष्ट्रपति दुतेर्तेको भनाइ छ । यो कदम उहाँको छोरी राष्ट्रपतिको उम्मेदवार बन्ने अनुमानका बीचमा आएको छ ।

आफ्नो कार्यकालमा विवादास्पद रहँदै आएनुभएका उहाँ लागू औषधको बढ्दो तस्करी र अपराधलाई नियन्त्रण अभियानसँगै सत्तामा उदाउनु भएको थियो ।

दुतेर्तेका आलोचकहरूले उहाँले प्रहरीलाई लागुऔषधसँग जोडिएका हजारौं संदिग्धहरूको हत्या गर्न प्रोत्साहित गरेको आरोप लगाउँदै आएका छन् ।