
काठमाडौं, साउन १७ । दोलखाको नाम्दु आसपास केन्द्रविन्दु भएर बिहीबार गोरखा भूकम्पको परकम्प गएको छ ।
दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
यसअघि, गत साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रविन्दु भइ ४.८ रिक्टर स्केलको परकम्प गएको थियो ।
सोही दिन सिन्धुपाल्चोकको इचोक आसपास केन्द्रविन्दु भएर ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।
गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको ।
गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भइ ५ रिक्टरको परकम्प गएको थियो ।
केन्द्रका प्रमुख अधिकारीकाअनुसार वि.सं. २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दामाथिका ५०६ ओटा परकम्प गएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्