२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव इनारमा फेला


0
Shares

चितवन, पुस १४ । चितवनमा एकजना युवकको शव फेलापरेको छ ।

काभ्रेका कृष्णकुमार मानन्धर चितवनको रत्ननगरमा मृतावस्थामा फेलापरेका हुन् ।

रत्ननगरमा भएको नेपाल जेसिजको ४६औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका फेलापरेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि हराइरहेका मानन्धरको शव रत्ननगर नगरपालिका–९ स्थित एक इनारमा भेटिएको हो ।

घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए ।

मानन्धरको शव इनारबाट निकालेर ‘पोस्टमार्टम’का लागि पठाइएको प्रहरीले जनाएको छ ।

परिवारको आग्रहमा उनको शव पोस्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।