Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


अख्तियारले मुख्यमन्त्री र प्रदेशको बद्नाम गर्न छापा मार्‍यो : मुख्यमन्त्री राउत


0
Shares

नवीन सिंह

जनकपुर, असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको बताउनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले संघियता विरोधीहरुले आफूलाई बद्नाम गराउने उद्देश्यले छापा मारेको बताउनुभयो ।

बुधबार अख्तियारको छापापछि पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले संघीयता नरुचाउने तत्वहरुले आफ्नो कार्यालय र संघियतालाई नै बदनाम गर्ने प्रयास गरेको बताउनुभयो ।

प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्री कार्यालय आफैमा सुशासन कायम गर्ने स्थान हो, सुशासन कायम गर्नकै लागि प्रदेश सरकारले प्रदेश जनलोकपाल आयोग बनाइसकेको अवस्थामा अख्तियारको टोलीले जुन शैलीमा छापा मारेको छ, त्यो गलत रहेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

यस अघि बुधबार दिउँसो साइकल वितरणमा अनियमितता भएको उजुरी परेपछि छानबिनका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।

अख्तियारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरिएको सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको हो ।

Skip This