Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


शेयर बजार ऋणात्मक, नेप्से ५ अंक बराबरले ओरालो


0
Shares

काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बराबरले ओरालो लागेर ११ सय ६२ मा आएर थामियो ।

कारोबार भएका मध्ये बढीजसो समूह ऋणात्मक रहेसंगै नेप्से ओरालो लागेको हो ।

जीवन बीमा, व्यापार, वित्त र अन्य समूह बाहेक अरु समूह ऋणात्मक रहेका हुन् ।

होटल, निर्जीबन बीमा र होटल समूह दोहोरो अंकले ओरालो लागे पनि अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

जीवन बीमा समूहमा भने सबैभन्दा उच्च ८० अंक अनि व्यापार समूहमा पनि ४७ अंकको बृद्धि आयो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीको १५ लाख ५४ हजार कित्ता शेयर ४२ करोड २५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।