अभिसन्धी १९० बारे ट्रेड युनियन कांग्रेसको त्रिपक्षीय छलफल « Image Khabar


अभिसन्धी १९० बारे ट्रेड युनियन कांग्रेसको त्रिपक्षीय छलफल


Border circle
Imagekhabar

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसले आईएलओ अभिसन्धी १९० लाई पारित गराउन त्रिपक्षीय छलफल कार्यक्रम गरेका छन् ।

मंगलबार राजधानीमा रोजगारदाता, सरकार र ट्रेड युनियनबीच छलफल गरि अभिसन्धिलाई पारित गराउन आ-आफ्नो तर्फबाट कसरी अगाडि बढ्ने विषयमा छ्लफल गरेको हो ।

सो अवसरमा युनियन नेतृत्वलाई यस अभिसन्धिबारे प्रशिक्षण समेत दिएको छ । १९० महिला हिंसा र कार्यस्थलमा हुने दुर्ववहार र विभेद विरुद्धको अभिसन्धी हो ।

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं आइएलओ गभर्निङ बडि सदस्य आशासिंह राठोरले हिंसा र दुर्ववहार नसही प्रतिकारमा उत्रिनु पर्ने र सबै एक भएर कानुनको प्रभावकारी कार्यान्वयन गरे मात्र हिंसा एवं दुर्ववहार न्यूनीकरण हुने धारणा राख्नुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष नेत्र विक्रम थापाले सभ्य समाज निर्माण गर्न १९० पारित गरि लागू गर्नुपर्ने बताउनुभयो ।

महासचिव योगेन्द्र कुँवरले ट्रेड युनियन कांग्रेसको उदेश्य विभेद र दुर्ववहार मुक्त कार्यस्थल र समाज निर्माण गर्ने रहेको बताउनुभयो ।

डिएलका महासचिव एवं अधिवक्ता लक्ष्मी रावलले अभिसन्धी १९० बारे प्रस्तुत गर्नुभएको कार्यपत्रमा आईएलओका प्रतिनिधि कृपा बस्नेत, श्रम मन्त्रालयका प्रतिनिधि केशव सुवेदी, ट्रेड युनियन कांग्रेसका उपमहासचिव राधिका कुईकेल र उद्योग वाणिज्य महासंघका प्रतिनिधि मिलाप श्रेष्ठले टिप्पणी गर्नु हुँदै विभेद र दुर्ववहार न्यूनीकरण गर्न तल्लो तहसम्म सचेतना जगाउदै सबै पक्ष एक भएर लाग्नुपर्ने विचार राख्नुभयो ।

अभिसन्धी १९० पारित गराउन संसारभरका ट्रेड युनियन लगायत विभिन्न संघ संस्थाहरुले अभियान संचालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्