
एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको जारी संस्करणमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।
दुबईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै हैदराबादले दुर्लभ जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले खेलमा ९ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा ग¥यो ।
हैदराबादको जितमा डेब्यु खेलाडी जेसन रोयले ६० रन जोड्दा कप्तान केन विलियाम्सनले अविजित ५१ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका कप्तान सन्जु सामसनले ८२ रन जोडेपछि टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
आइपिएलको जारी संस्करणमा हैदराबादको यो दोस्रो जित हो । १० खेलमा ४ अंक जोडेको हैदराबाद तालिकाको पुछारमा रहेको छ ।
समान खेलबाट ८ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ । अंक तालिकामा १६–१६ अंक जोडेका चेन्नाई सुपर किङ्स र दिल्ली क्यापिटल्स शिर्ष दुई स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्