Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


हिउँमा स्की खेल्ने क्रममा दुई छोरीसहित आमाको मृत्यु


0
Shares

काठमाडौं, पुस १३ । इटालीको आल्प्सेको भाल सेनेल्समा हिम पहिरोमा परेर दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

स्की खेल्ने क्रममा ३५ वर्षिय एक महिला र उनका सात वर्षे दुई छोरीको मृत्यु भएको हो ।

अष्ट्रियाको सीमा नजिकै पर्ने दक्षिण टायरोलमा भ्याना सेनेल्स हिमश्रृंखलाको दुई हजार ४ सय मिटर उचाइमा स्की खेल्ने क्रममा उनीहरुको मृत्यु भएको बीबीसीले जनाएको छ ।

मृतकहरुको शव हेलिकोप्टरमार्फत् निकालिएको अधिकारीहरुले जनाएका छन् ।

हिम पहिरोमा परेर दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । एजेन्सी