चितवनमा गैंडा मृत फेला « Image Khabar


चितवनमा गैंडा मृत फेला


Border circle
Imagekhabar

चितवन, असोज ११ । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जका अनुसार सोमबार धोबा पोष्टबाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको हो ।

फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेकोले धानबाली खाने क्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेको बताउनुभयो ।

अनुसन्धान भइरहेको र गैंडाको कोखमा रड घोपिएको कारण भित्री चोटका कारण मृत अवस्थामा हो । गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्