२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


आवश्यक १ सय ३८ ठाउँ, कहीँ पनि बल्दैन


0
Shares

काठमाडौं, पुस १३ । उपत्यकाको १३८ ठाउँमा ट्राफिक बती आवश्यक भएपनि अहिले यसअघि प्रयोगमा आएका पनि बल्न छाडेका छन् ।

सवारी व्यवस्थापनमा मुख्य भुमिका खेल्ने ट्राफिक बती नबल्दा ट्राफिक प्रहरी हातको इशारामा काम गर्न बाध्य छन् ।

सरोकारवाला निकाय भने एकअर्कालाई देखाएर पन्छनछन् । काठमाडौं उपत्यकामा दैनिक १३ १४ लाख सवारी साधन चल्छन् ।

ट्राफिक बती नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिनुका साथै पैदल यात्रु र सवारी चालकले अनावशयक हैरानी खेप्नुपरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बती नै बल्न छाडेको जनाएको छ ।

सम्बन्धित स्टेक होल्टरलाई पटकपटक बती व्यवस्थापन गर्न अनुरोध गर्दापनि बेवास्ता भएको महाशाखाले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।