Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सरकारले नेपाललाई कालोसूचीमा पार्ने प्रयासमा छ– खगराज अधिकारी


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद खगराज अधिकारीले सरकारले नेपाललाई नै कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा लुटिएका करिव २१÷२२ अर्ब कालोधनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उहाँले अब नेपाललाई नै सरकारले कालोसूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाउनु भएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले संचारकर्मीसँग भन्नुभयो, ‘हुँदाहुँदा लुटिएका झण्डै–झण्डै २१÷२२ अर्ब अन्तराष्ट्रिय कानुन समेत, आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सूचारु गराउन पहल नगरेको तर्क समेत गर्नुभयो ।