Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


आर्बन मोबाइल एप संचालनमा


0
Shares

काठमाडौं । उपभोक्ताले घरमै बसेर विभिन्न उत्पादन तथा विभिन्न वस्तुका बारेमा जानकारी दिने उद्देश्यले आर्बन मोबाईल एप संचालनमा आएको छ ।

अर्बान नेपालले काठमाडौंमा शुक्रबार एक कार्यक्रम गरि नेपालीले नेपालकै लागी भन्ने नारा सहित यो मोबाईल एप संचालनमा ल्याएको जानकारी दिएको हो ।

उपभोक्ताले घरमै बसेर आफ्नो ईलेक्ट्रोनिक, प्लम्बीङ तथा विभिन्न घरायसी काम मोबाईल एपमार्फत जानकारी गराउन सक्ने छन् सो पश्चात एप मार्फत नै घरमा सम्बन्धित व्यक्ति आई समयमै काम गर्न सहयोग गर्ने भएकोले यो एपले सहज बनाउने अर्बान नेपालका अध्यक्ष कुशल आचार्यले बताए ।