Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी डा. सुब्रमन्यम जयशंकरबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा भाग न्युयोर्क गएका दुईबीचको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन तथा जिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाएको नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डाक्टर खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाएको छ ।

मन्त्री डाक्टर खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन पनि दिनुभयो ।