२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


स्वीजरल्याण्डमा समलैंगिक विवाहलाई मान्यता


0
Shares

काठमाडौं । स्वीजरल्याण्डमा समलैंगिक जोडीलाई विवाहको मान्यता दिइएको छ । समलैंगिक बिबाहलाई मान्यता दिने कि नदिने भन्ने बिषयमा भएको मतदानमा ६४ दशमलव १ प्रतिशत मतदाताले यो निर्णयको समर्थन गरेका छन् ।

योसँगै स्वीट्जरल्याण्डले पश्चिमी युरोपका अन्य देश समान समलैंगिक जोडीलाई यो अधिकार दिने भएको छ । यसअघि सन् २००७ मा स्वीटजरल्याण्डमा समलैंगिक जोडीलाई सँगै बस्ने अधिकार दिइएको थियो भने अब विवाहको अनुमति पनि दिइने भएको छ ।

उनीहरुले धर्मपुत्र, धर्मपुत्री राख्न पाउनेछन् भने नागरिकता पनि प्राप्त गर्नेछन् ।