काठमाडौं, असोज १० । नेपाली कांग्रेसको बाढी पहिरो पीडित व्यवस्थापन समिति संयोजक मोहनबहादुर बस्नेतले प्राकृतिक प्रकोपबाट प्रताडित सिन्धुपाल्चोकको पुर्ननिर्माणको लागि वृहत्त गुरुयोजना ल्याउन माग गर्नुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला वर्षेनी प्राकृतिक प्रकोपको चपेटामा पर्दै आएको स्मरण गर्दै संयोजक बस्नेतले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणको लागि सामूहिक बस्ती लगायतको बृहद योजना ल्याउन सरकारसँग माग गर्नुभएको हो ।
उहाँले गत असार पहिलो साता मेलम्चीमा आएको बाढीबाट क्षतिग्रस्त सडक, पुल र बिजुलीलगायतका भौतिक संरचनाको पुर्ननिर्माण कार्य तीब्र रुपमा अघि बढे पनि अल्पकालिन योजनाले मात्र प्राकृतिक प्रकोपका कारण हुने धनजनको क्षति कम गर्न नसक्ने धारणा राख्नुभयो ।
संयोजक बस्नेतले प्राकृतिक प्रकोपले देशभर वर्षेनी हुने गरेका क्षतिको पुर्ननिर्माणको लागि स्रोत र साधन सम्पन्न शक्तिशाली प्राकृतिक प्रकोप व्यवस्थापन प्राधिकरण गठन गर्न समेत माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्