जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, पुस १२ । पाँचथरमा सवारी दुर्घटनामा परेर एकजना व्यक्तिको मृत्यु भएको छ ।
शुक्रबार राति ९ बजेतिर फिदिम नगरपालिका–१, बुद्धमार्गमा तीनचक्के ‘अन टेस्ट’ मोटरसाइकल दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक फिदिम–२, ओदिनका विष्णु इङवा छन् ।
दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा शुक्रबारै राति साढे ११ बजेतिर जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।
तीव्रगतिका कारण मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक तिम्सिनाले बताए ।
सो मोटरसाइकल सडकछेउको नालीमा खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्