काठमाडौं । कपनकाे ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ ।
कपनकाे ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेकाे हाे । महानगरीय प्रहरी परिसर ललितपुरकाअनुसार ललितपुर महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा एक बालककाे शव फेला परेकाे छ ।
साेही शव कपनमा ढलका खसेका उज्वल विकको भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । चिन्न मुश्किल हुने अवस्थामा रहेको शवमा कपन मावि लेखेको सर्ट रहेको प्रहरीले जनाएको छ ।
उज्वल विक कपन माविमा पढ्ने विद्यार्थी भएकाले प्रहरीले शव उनैको हुनसक्ने बताएको छ । शव पहिचानका लागि आफन्तलाई डाकिएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्