काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेमा साढे दुई दशकपछि नेपाली कांग्रेसले निर्धारित समयमै खुल्ला रुपमा वडा अधिवेशन सकेको छ । तत्कालिन माओवादी केन्द्रको गढक्षेत्र कुविण्डेमा वर्षौपछि कांग्रेसले पहिलोचोटी खुल्ला रुपमा वडा अधिवेशन सकेको हो ।
कुविण्डेका इकाइ सभापित युवराज सापकाेटा सभापतित्वमा निर्विरोध वडा र क्षेत्रिय प्रतिनिधि चुनिएका थिए । नवनिर्वाचित क्षेत्रिय प्रतिनिधि चन्द्रप्रसाद ढुंगानाले भन्नुभयाे, ‘यसअघि बन्द कोठामा लुकेर वडा अधिवेशन र कार्यक्रम हुने गथ्र्यो, द्धन्दको केन्द्र कुविण्डेमा तत्कालिन विद्रोही माओवादीको त्रासका कारण कुनै दलले पनि खुल्ला रुपमा सभा या छलफल समेत गर्दैनथे ,।
चौसागढीका पुराना कांग्रेसी कार्यकर्ता ८० वर्र्षे दुर्गाबहादुर गिरीलाई सम्मानस्वरुप इकाई सभापति बनाई युवा जमातले संगठन विस्तार गर्नेे उहाँले जनाउनुभयो । माओवादी केन्द्रको गढभेगमा आम चुनावमा आफ्नो पार्टीलाई जिताउने लक्ष्य राखेर अघि बढेको उहाँले उल्लेख गर्नुभयो ।
जिल्लामा ऐतिहासिक भुमी कुविण्डेबाट कांग्रेसको जन्म र माओवादीले विद्रोह सुरु गरेको थियो । कुविण्डेका कांग्रेसका संस्थापक नेता चन्द्रलाल श्रेष्ठ ‘मेम्बर अफ पार्लीमेन्ट’ देखि जिल्ला सभापति समेत हुनुभएको थियो ।
तत्कालीन प्रधानपञ्चको दबदबा हुँदा कुबिण्डेमा कुनै दल उदाएका थिएनन् । कुबिण्डेमा तत्कालिन माओवादी केन्द्रको उदयपछि पूर्वप्रधानपञ्च कृष्णप्रसाद सापकोटाको हत्या भएको थियो । २०५४ सालको चुनावपछिका दिनहरुमा नेपाली कांग्रेससहित अन्य दल पनि कुविण्डेमा हराउँदै गएको अवस्था थियो ।
प्रतिक्रिया दिनुहोस्