Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


सुनको भाउ एकै दिन तोलामा ५०० ले वृद्धि


0
Shares

काठमाडौं, पुस ११ । शुक्रबार सुनको भाउ उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैपटक तोलामा ५०० रुपैयाँले वृद्धि भएर तोलाको ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलाको ७२ हजार ८०० रुपैयाँमा स्थीर रहेको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलाको ८९० रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १५ सय १४ डलर हाराहारीमा कारोबार भएको थियो ।