चेल्सीमाथि म्यान्चेस्टर सिटीको जित « Image Khabar


चेल्सीमाथि म्यान्चेस्टर सिटीको जित


Border circle
Imagekhabar

एजेन्सी । ब्रेन्टफोर्डसँग बराबरी खेल्दै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । गएराती ब्रेन्टफोर्डको मैदानमा भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीसँगै लिभरपुलले ६ खेलबाट १४ अंक जोडेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराती चेल्सीको मैदानमा भएको खेलमा म्यान सिटी १–० ले विजयी भयो ।

सिटीका लागि ग्याब्रियल जिससले निर्णायक गोल गरे । प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले नरिच सिटीलाई २–० ले हराउँदा एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडलाई १–० ले पराजित ग¥यो । लेष्टर सिटीले बर्न्लेसँग २–२ गोलको बराबरी खेल्दा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्