Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


क्यान्सरबाट भारतीय महिला अधिकारकर्मी भासिनको निधन


0
Shares

काठमाडौं । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि क्यान्सरबाट पीडित भासिनको शनिबार निधन भएको हो । भासिन दक्षिण एसियामा आफ्ना नारा, गीत र बेजोड तर्कका साथ नारीवादी आन्दोलनलाई उचाइमा पु¥याउने व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो ।

ग्रामीण महिलादेखि महानगरीय संस्कृतिमा हुर्के बढेका महिलाहरूलाई एकसूत्रमा बाँध्दै भारतीय नारीवादी आन्दोलनलाई संगठित स्वरूप दिनमा उहाँको भूमिका महत्वपूर्ण मानिन्छ ।

सन् १९७५ मा महिलाहरूको अवस्थाबारे संसदीय समितिले तयार पारेको रिपोर्टबाट सुरु भएको भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित बनेका थिए ।

भासिनले जहिले पनि महिलावाद पुरुष–महिलाबीचको युद्ध नभइ पितृसत्ताको सिद्धान्तविरुद्ध रहेको बताउने गर्नुहुन्थ्यो ।