Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘एक टोल एक उत्पादन’ कार्यक्रम


0
Shares

तेह्रथुम, पुस ११ । छथर गाउँपालिकाले “गाउँपालिका अध्यक्ष एकटोल एक उत्पादन” कार्यक्रम अघि सारेको छ ।

स्थानीय स्तरमा उत्पादित कृषि उपजलाई बजारीकरण र बिक्री वितरणका लागि सहज बनाउने उद्देश्यले गाउँपालिकाले कार्यक्रम ल्याएको जनाएको छ ।

गाउँपालिकाले यसै आर्थिक वर्षबाट सुरु गर्ने गरी नागरिकको जीवरस्तर उकास्ने उद्देश्यका साथ श्रोत सुनिश्चित गरी कार्यक्रम तयारी भएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

गाउँपालिकाको माथिल्लो भेगमा तरकारी तथा ब्लग, मध्यक्षेत्रमा मकै पकेट क्षेत्र, तल्लो तथा सुख्खाग्रस्त क्षेत्रमा फलफुल खेती तथा बाख्रापालन कार्यक्रम सञ्चालन गरी बजारीकरणका लागी स्थानीय सरकारले कार्यक्रम तयारी गरेको अध्यक्ष तिगेलाले जानकारी दिए ।

किसानहरुलाई प्रत्यक्ष राहत दिने गरी कार्यक्रम ल्याईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विभिन्न कार्यक्रमका लागि चालु आर्थीक वर्षका निम्ति ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।

कृषिजन्य वस्तुलाई बजारीकरण गर्न गाउँपालिकामा मिनी कोल्डस्टोर निमार्णका लागि प्रदेश सरकारबाट १ करोड रुपैयाँ प्राप्त हुने गाउँपालिकाले जनाएको छ ।