२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


सिन्धुलीमा भजन संरक्षण अभियानमा महिला


0
Shares

सिन्धुली, पुस ११ । महिलाले भजन नाचलाई विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् ।

लोपोन्मुख हुँदै गएको परम्परागत भजन नाचलाई संरक्षण गर्ने उदेश्यले महिला कलाकारहरुले भजन नाचलाई विभिन्न सभा समारोहरुमा विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् ।

पाश्चात्य सस्ंकृतिका कारण नेपाली मौलिक कला र सस्ंकृतिहरु हराउँदै जान थालेपछि सिन्धुलीको कलाघरका महिला कलाकारहरु नेपाली मौलिक भजन नाचको संरक्षणमा लागेका हुन् ।

नेपाली मौलिक सस्ंकृति युक्त भजननाच हिन्दु धर्म सस्ंकृतिसँग सम्बन्धित हिन्दु पुराणहरु महाभारत, रामायण, कृष्ण चरित्रलगायतका धर्म शास्त्रहरुमा उल्लेखित विभिन्न श्लोकहरुलाई श्वर मिलाएर एक मूली र अन्य सहायक १० जनासम्म व्यक्तिहरुले भट्टउने गरिन्छ भने २ देखि ४ जनाले खैंजेडी बाजा बजाएर ताल मिलाएर घुम्दै फड्किदै नाच्ने नियम हुन्छ ।

विगतमा नेपालका ग्रामिण बस्तीमा लाग्ने मेला पर्व र घरायसी रुपमा लगाइने रुद्री, पूजा, सप्ताह, पुराणमासमेत भजन नाच प्रचलनमा रहेकोमा केही समय यता भने लोप हुन लागेको थियो ।