Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदहरुको जोड


0
Shares

काठमाडौं, पुस १० । सांसदहरुले आयातित बीउ–बिजनभन्दा पनि स्वदेशी बीउ–बिजन उत्पादन र प्रयोगलाई बढावा दिन जोड दिएका छन् ।

आयातित बीउ–बिजनको कारण उत्पादनमा ह्रास आउनुका साथै किसानलेसमेत समयमै उचित प्रतिफल नपाउने हुनाले आयातित बीउ–बिजन रोक्नुपर्नेमा सांसदहरुले जोड दिएका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार भएको यससम्बन्धी प्रस्तावित विधेयकको दफावार छलफलका क्रममा उनीहरुले आयातित बीउ–बिजनमा रोक लगाउनुपर्ने साथै गुणस्तरीय बीउ–बिजन उत्पादन तथा परीक्षण गर्नका लागि प्रदेशस्तरीय प्रयोगशालाको स्थापना गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांसद पोल्देन छेपाङ गुरुङले किसानहरुमा बीउसम्बन्धी ज्ञानको अभावको कारणले पनि समस्या भोगिरहेको भन्दै दानाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्थापनाको आवश्यकता औंल्याए ।

बीउ–बिजन उत्पादन तथा वितरणमा स्थानीय र केन्द्रीय निकायबीच समन्वय गरी बीउ–बिजनको गुणस्तर र मापदन्ड निर्धारणमा एकरुपता ल्याउनुपर्नेमा पनि सांसदहरुले जोड दिएका थिए ।

Skip This