५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


नेप्से नगन्य अंकले ऋणात्मक, कारोबारमा वृद्धि


0
Shares

काठमाडौं, पुस १० । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य ‘करेक्सन’ भयो ।

अघिल्लो दिन डेढ अंक बराबरले सकारात्मक रहेको नेप्से यसदिन उतार–चढावबीच आधा अंक बढीले ऋणात्मक रही ११ सय ६७ कायम भएर थामियो ।

यसदिन कारोबारमा भने केही सुधार आयो ।

व्यापार, जीवनकिमा, विकास बैंक र वाणिज्य बैंक समूह हरियो रहे भने अरु रातो रहे । व्यापार समूहमा ३५ अंक र जीवनबिमा समूहमा पनि दोहोरो अंकको बृद्धि आयो । निर्जीवन बिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लागे ।

अघिल्लो दिन ५३ करोड बराबरको कारोबार भएकोमा यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका १६ लाख ४१ हजार कित्ता सेयर ५९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।