बैतडी, असोज ६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि बैतडीमा संस्थापन पक्षले जिल्ला कार्यसमितिका सभापतिसहित पदाधिकारीको उम्मेदवारी घोषणा गरेको छ ।
पार्टी कार्यालय गोठलापानीमा जिल्ला सभापति नरेन्द्रसिंह थापाको उपस्थितीमा संस्थापन पक्षले संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेको हो ।
प्यानलले सभापतिमा चतुरबहादुर चन्दसहित पदाधिकारीको टिम घोषणा गरेकोे हो । चन्द हाल उपसभापति हुनुहुन्छ ।
उपसभापतिमा खगेन्द्र सिंह धामी र रमेश पाण्डेको नाम अघि सारिएको छ । धामी हाल जिल्ला सदस्य र पाण्डेय जिल्ला कोषाध्यक्ष रहनुभएको छ ।
सचिवमा प्रेम बहादुर चन्द र देवराज जोशीको नाम सार्वजनिक गरिएको छ । चन्द हाल जिल्ला सचिव र जोशी जिल्ला सदस्य रहनुभएको छ ।
सहसचिवमा दिपेन्द्र बहादुर चन्द र दशरथ सिंहले उम्मेदवारी घोषणा गर्नुभएको हो । चन्द हाल जिल्ला कार्यालय सचिव तथा नेविसंघका पूर्वकेन्द्रीय सदस्य र चाड जिल्ला आमन्त्रित सदस्य रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्