१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


सरकारको नयाँ नीतिले स्टील उद्योगी विभाजित


0
Shares

काठमाडौं, असोज ६ । सरकारले प्रतिस्थापन विधेयकमार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि फलाम उद्योगीहरु विभाजित भएका छन् ।

सरकारले ब्लेड र स्पञ्जमा लाग्दै आएको करमा हेरफेर गर्दा ब्लेडबाट छड÷डण्डी उत्पादन गर्दै आएका उद्योगमा नकारात्मक असर गर्ने भन्दै केही व्यवसायी आन्दोलित भएका छन् ।

स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै छड/डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु एकातर्फ र स्टील ब्लेडलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै छड/डण्डी उत्पादन गर्दै आएकाहरु अर्कोतर्फ विभाजित भएका छन् । रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण शाखले प्रतिस्थापन विधेयकमार्फत् नेपालमा आउने स्टिल ब्लेडमा अन्तःशुल्क बढाइएको भन्दै सरकारले निर्णय फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै अर्का व्यवसायी एवं सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले ब्लेड र डन्डी उत्पादन गर्ने प्रक्रिया फरक भएकाले प्रतिस्थापन विधेयकको प्रावधानले कसैलाई नोक्सान नगर्ने दाबी गर्नु हुन्छ ।

प्रतिस्थापन विधेयकमार्फत् सरकारले नेपालमा आयात हुने ब्लेडमा लाग्ने अन्तःशुल्क प्रतिटन १६ सय ५० रुपैयाँबाट बढाएर २५ सय रुपैयाँ बनाएको छ । सरकारको उक्त निर्णय फिर्ता हुनुपर्ने माग राख्दै डन्डी उद्योगीहरुले प्रतिस्थापन विधेयकको बिरोध गर्दै आएका छन् ।