
न्यूयोर्क, साउन १७ । लोकप्रिय गायक रामकृष्ण ढकालले विदेशमा पहिलो पटक एकल गायन कार्यक्रम प्रस्तुत गरेका छन् । स्वदेशमा धेरै पटक आयोजना भैसकेको उनको ‘ढकाल सुमधर साँझ’ कार्यक्रम विदेशमा पहिलो पटक आयोजना भएको हो ।
अमेरिकाको न्यूयोर्कमा सम्पन्न कार्यक्रम ऐतिहासिक रहेको ढकालले जनाएका छन् । कार्यक्रममा ढकालले आफ्ना लोकप्रिय गीतहरु प्रस्ततु गरेका थिए । कार्यक्रम अवधिभर गायक ढकालाई उपस्थित दर्शकहरुले समेत राम्रो साथ दिएका थिए ।
गायक ढकालले एकल गायनको थालनी आफ्नो लोप्रिय गीत ‘बिहान उठ्ने बित्तिकै’ बाट गरेका थिए । नेपाली पहिरनमा सजिएका गायक ढकालले अमेरिकामै बसोबास गरिरहेका लोकप्रिय नेपाली वाद्यवादकहरुको साथ पाएका थिए ।
कार्यक्रममा गायक ढकाललाई ६ जना वाद्य वादकले साथ दिएका थिए । बाँसुरीमा सुशील विश्वकर्मा, तवलामा प्रमोद उपाध्याय, गिटारमा बिष्णु सुनवार, बेस गिटारमा शिशिर श्रेष्ठ, किवोर्डमा डेभिड ढकाल तथा अक्टोप्याड मादलमा न्हुच्छेमान डंगोलले साथ दिएका थिए ।
मितेरी गु्रप समुहको हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुंगेलले गरेका हुन् । कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूतावासका वाणिज्य दूत कृषु क्षेत्रीको पनि उपस्थिति थियो ।
करिव तीन तीन घन्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा गायक ढकाललाई स्थानीय कलाकारहरु बसन्ती राई र दिपा ढुंगेलले यूगल गायनमा साथ दिए ।
प्रतिक्रिया दिनुहोस्