काठमाडौं, पुस १० । गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै रोष प्रकट गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले मिडियाले अनावश्यक कुरालाई उचालेर भए नभएको टिप्पणी गरेको प्रति रोष प्रकट गरेका हुन् ।
उनले लेखेका छन्, ‘नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।’
गायक ढकालले पछिल्लो समय मिडियामा आफ्नो सम्बन्ध विच्छेदलाई लिएर बनेका समाचारहरु परिवारको आत्मसम्मान विपरीत भएकाले नकारात्मक टिप्पणी नगरिदिन अनुरोध गरेका छन् ।
उनले भनेका छन्, ‘विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’
उनको स्टाटस जस्ताको तस्तै ।





प्रतिक्रिया दिनुहोस्