तनहुँ । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
तनहुँको बन्दीपुरमा बसेको केन्द्रीय समितिको ११ औं बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन अघि मंसिर ८ गते काठमाडौंमा सभासहित प्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । देशव्यापी संगठन विस्तार गर्ने र राष्ट्रियता, भ्रष्टाचार लगायतका मुद्दामा संघर्ष गर्ने निर्णय पनि विप्लव समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्