विबेक भण्डारी
नवलपुर । अरुको काम गर्नुभन्दा आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्य राखेर अहिले जिल्लाका अधिकाशं युवाहरु कृषिमा सलग्न छन् । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ४ का ज्ञानेन्द्र खनाल पनि अहिले कृषिमा सन्तुष्ट छन् ।
केहि वर्ष खाडी मुलुक कतार बसेर फर्केका खनाल स्वदेश आएर सिविल इन्जीनियरीङ्ग समेत गरे । आफुले गरेको काममा राम्रै कमाइ भए पनि आफैले केहि गर्नुपर्छ भन्ने उद्देश्यले कृषिमा लागेका खनाल कृषिमै सम्भावना देखेर रमाइरहेका छन् ।
खनाल मात्र होइन जिल्लाकै गैडाकोट १७ का रविलाल खराल पनि बाख्रापालन गरि मनग्य आम्दानि गर्दे आएका छन । खरालले व्यवास्थित बाख्रा खोरनै बनाएर बाख्रा पालन गर्दे आएका छन । पहिले अरुको जागिर गरेका खराल आफैले केहि गर्नुपर्छ भन्दै पिप्रहर एग्रो रिसर्च सेन्टर बाख्रा पालन फर्मनै संञ्चालन गर्दे आएका छन् । उन्ले यहि बाख्रा पालनबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानि गर्दे आएको बताउछन् ।
कृषि ज्ञानकेन्द्र नवलपुरका अनुसार पनि अहिले जिल्लामा कृषि पेशामा लाग्नेको संख्या बढ्दो क्रममा छ । ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार पहिलेको तुलनामा अहिले कृषिमा लाग्नेको संख्या बढ्दो रहेको बताउनुहुन्छ ।
विशेष गरि विदेश गएर आएकाहरुले कृषि तथा पशुपालनमा बढि चासो दिने गरेको बताउनुभयो । उहाँका अनुसार संघिय र प्रदेश कार्यलयले पठाएकाका अनुदानहरु पनि उपलब्ध भएका कारण कृषिमा लाग्नेको संख्या बृद्धि भएको बताउनुहुन्छ ।
ज्ञानेन्द्र खानाल र रविलाल त एक उदाहरण पात्र मात्र हुन । आफैले केहि गर्नेे हो भने उनी जस्तै जोसजागर र मिहिनेतका साथ स्वदेशमै परिवारसंगै रमाएर आर्थिक आर्जन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्