
काठमाडौं पुस १० । उपत्यकामा अत्यधिक चिसो बढेको छ । उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ ।
आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमाडौंको तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मौसम विज्ञान विभागले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइनस ६.४ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौंको आज दिउँसोको तापक्रम भने १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । यसअघि बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो ।
आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्