Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


अर्थतन्त्रमा भूकम्पपछिको पुनःनिर्माणको साढे ४ प्रतिशत विन्दुको योगदान


0
Shares

काठमाडौं, पुस ९ । अर्थतन्त्रमा भूकम्पपछिको पुनःनिर्माणको साढे ४ प्रतिशत विन्दुको योगदान रहेको अनुमान गरिएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा नेसनल डेमोक्र्याटिक इन्स्टिच्यूट फर इन्टरनेसनल अफेयर (एनडीआई)को सहयोगमा गरेको अध्ययनले उक्त तथ्यांक देखाएको हो ।

पुनःनिर्माणले पछिल्ला वर्ष उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुर्‍याएको प्रतिवेदनले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका कारण कुल गार्हस्थ्य उत्पादनमा साढे ४ प्रतिशत विन्दु वृद्धि हुन पुगेको अध्ययनले देखाएको छ ।

पुनःनिर्माणमा मात्र १४ लाख २० हजार बराबरले रोजगारी पाएको देखिएको पनि जनाइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा कुल रोजगारीको ७ प्रतिशत रोजगारी पुनःनिर्माणका कारण सिर्जना भएको अध्ययनले देखाएको छ ।

अर्थविद् डा. निर्मलकुमार रावतले प्रतिवेदको सारांश प्रस्तुत गर्दै पुनःनिर्माणले वित्तीय समावेशीतामा पनि सघाउ पुर्‍याएको उल्लेख गरे ।

अनुदानका लागि बैंक खाता अनिवार्य गर्दा सात लाख ७० हजार लाभग्राहीले बैंक खाता खोल्दा ३० प्रतिशत खाता महिलाका नाममा खुलेको प्राधिकरणको तथ्यांक छ ।