३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ सार्वजनिक


0
Shares

काठमाडौं, पुस ९ । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ सीसी’ क्षमताको ‘रेस एडिसन’ सार्वजनिक गरेको छ ।

मोटर्सले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी यो स्कुटर सार्वजनिक गरेको हो ।

यो स्कुटर स्पोर्टी लुक्स भएको ब्लुटुथ कनेक्टेड स्टाइल र प्रविधिका लागि परिचित मानिएको कम्पनीको दाबी छ ।

यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ ।

टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेसल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्नसक्ने कम्पनीेले जनाएको छ ।

यो स्कुटर म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रङमा उपलब्ध रहेको छ ।

यो स्कुटरको नेपाली बजार मूल्य दुई लाख ४६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

आकर्षक डिजाइनको यो स्कुटर छिटै नै युवामाझ लोकप्रिय बन्ने कम्पनीको विश्वास छ ।