
काठमाडौं, पुस ९ । मंगलबार सामान्य अंकले ऋणात्मक रहेको सेयरबजार बुधबार पुनः उति नै अंकले सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे १ अंकले धनात्मक रहेर ११ सय ६८ कायम भएर थामियो ।
यसदिन कारोबार भएकामध्ये आधाभन्दा बढी समूह हरियो रहेसँगै नेप्से सकारात्मक रहेको हो ।
यसदिन जीवनबिमा समूह सबैभन्दा उच्च ६९ अंकले उकालो लाग्यो । उत्पादनमूलक र निर्जीवन बिमा समूह पनि दोहारो अंकले उकालो लागे । यसदिन व्यापार, वित्त, जलविद्युत् समूह सामान्य अंकले ओरालो लागे ।
यसदिन १६५ कम्पनीका १६ लाख ८१ हजार कित्ता सेयर ५३ करोड ८२ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्