Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


पोखरामा क्रिसमसको रौनक


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, पुस ९ । पोखराका पाँचतारे होटलदेखि सामान्य रेस्टुराँहरू यतिखेर भरिभराउ देखिएका छन् ।

पोखरामा अंग्रेजी नयाँवर्ष तथा क्रिसमसका अवसरमा निरन्तर कार्यक्रमको आयोजनाले लेखसाइडका होटलहरु भरिभराउ देखिन्छन् ।

क्रिसमसमा हरेक रेस्टुरेन्टको अगाडि हिउँको थुप्रोजस्तो सेतो कपासले सजिएका ‘क्रिसमस ट्री’मा बत्तीको चमकसहितको एउटा आकर्षक आकृति देखिन्छ ।

पर्यटकको आउजाउ बढी हुने लेकसाइड क्षेत्रमा क्रिसमसदेखि अंग्रेजी नयाँवर्षको केही दिनसम्म यहाँ विभिन्न कार्यक्रम आयोजना हुने गर्दछन् ।

विभिन्न ध्वजापताका र बत्तीहरु सजाएर लेकसाइडलाई झिलिमिली बनाइएको छ ।

पछिलो समय पर्यटकको  बसाइ अवधि लम्ब्याउन विभिन्न कार्यक्रमको आयोजना गरिएको गुप्त गिरीले बताए ।

पोखरेली ख्रीष्टियन समुदायलेसमेत क्रिसमसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ ।