३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


मेलम्चीको काम सम्झौताभन्दा दुई महिनाअघि सक्छौं : सिनो हाइड्रो


0
Shares

काठमाडौं, पुस ९ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढिरहेको छ ।

अहिले स्थायी ड्याम निर्माण तथा टनेल फिनिसिडको काम भइरहेको हो ।

साथै, मेलम्चीको मुहानमा अस्थायी ड्याम निर्माणको काम पनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।

अस्थायी ड्याम निर्माणको काम अबको साढे दुई महिनामा सकिनेछ भने स्थायी ड्याम निर्माण १५ महिनाभित्रमा सक्नुपर्नेछ ।

टनेल फिनिसिङको काम पनि अबको तीन महिनाभित्र सकिने ठेकेदार कम्पनी सिनो हाइड्रोले जनाएको छ ।

‘असारभित्र सुन्दरीजलमा पानी’

मेलम्चीको पानी सुन्दरीजलमा झार्ने मिति यसअघि नै पटक–पटक निर्धारण गरिएपनि सम्भव नभएको अवस्थामा आयोजनाले अबचाहिँ आउँदो असारभित्र जसरी पनि पानी आउने दाबी गरेको छ ।

‘सन्तुष्ट’

मेलम्ची खानेपानी आयोजना हेर्ने एसियाली विकास बैंकका प्रोजेक्ट इन्चार्ज सौगतदास गुप्ताले अहिलेको कार्यप्रगतिबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

इटालिएन कम्पनी ‘सीएमसी’ले निर्माणकार्य छोडेपछि बाँकी कामको जिम्मेवारी लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सम्झौता मितिभन्दा दुई महिनाअघि नै काम सम्पन्न गर्ने दाबी गरेको छ ।

सिनो हाइड्रोले समयअघि नै काम सम्पन्न गरेमा बोनस रकमसमेत दिने सरकारले जनाएको छ ।

सीएमसी कम्पनीले काम छोडेपछि सरकारले बाँकी ड्याम निर्माणका लागि एक अर्ब दुई करोड तथा टनेल फिनिसिङका लागि ८५ करोड रुपैयाँमा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको हो ।