२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


चिनी उद्योगमा तालाबन्दी


0
Shares

नवलपरासी, पुस ९ । पश्चिम नवलपरासीका उखु किसानहरुले सहमतिअनुसारको रकम भुक्तानी नगरेको भन्दै इन्दिरा चिनी उद्योगमा तालाबन्दी गरी धर्ना दिएका छन् ।

भुक्तानी नगरेको भन्दै यसअघि पनि किसानहरुले उद्योगमा तालाबन्दी गरेका थिए ।

उद्योगले भुक्तानी नगरे पनि प्रशासनले उद्योगमा लगाएको ताला खोलेको भन्दै किसानहरुले बुधबार उद्योगमा पुनः तालाबन्दी गरेर धर्ना दिएका हुन् ।

उद्योगले दुई वर्षअघिदेखिको १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयमा दैनिक ३० लाख रुपैयाँका दरले भुक्तानी गर्ने सहमति जनाएपनि उद्योगले रकम नदिएकाले पुनः तालाबन्दी गरी धर्ना दिइएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए ।