Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


केपी ओली नेपालको भ्रष्ट र जाली नेता हुन्– पुष्पकमल दाहाल

घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले आत्मसमर्पण गरे, अनौठो लाग्यो

0
Shares

काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ ।

माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा ओलीविरुद्ध खनिनुभएका दाहालले एमालेका नेता घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायत दश जना नेताले आत्मसमर्पण गरेको टिप्पणी पनि गर्नुभयो ।

उहाँले आफूहरुलाई दह्रोसँग खुट्टा टेक्नुस् भन्नेले नै आत्मसमर्पण गरेको देख्दा अनौठो लागेको बताउनुभएको हो ।

वैचारिक भन्नेहरुले नै आत्मसमर्पण गरेको भन्दै दाहालले भन्नुभयो, ‘केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई । केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ । मलाई उहाँहरुले सिकाएको हो । घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर । दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।’

आफ्नो पार्टी पनि एमाले जस्तै हुन लागको चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी विस्तार एमालेकरण हुन थाल्यो । एमाले जस्तो–जस्तो, झुट, बेइमानी, जालझेल, भ्रष्टाचार, पद जसरी नि प्राप्त गर्ने, गुट नै गुट एमाले भनेको त्यही हो ।’

केपी ओली झूठ बोल्न सिपालु भएको आरोप लगाउने दाहालले माधव नेपाल, झलनाथ खनाललगायत नेता भने सही ट्रयाकमा हिँडेको र आफूहरुले सहयोग गरेको उहाँको भनाइ थियो ।

Skip This