सर्लाही, पुस ९ । फूलजोर–बयलवास सडक कालोपत्रे भएपछि स्थानीय खुशी भएका छन् । वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक कालोपत्रे भएपछि धूलोको सास्ती कम भएको भन्दै स्थानीय बासिन्दा खुशी भएका हुन् ।
पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकबाट जिल्लाको प्रमुख व्यापारिक केन्द्र बयलवाससम्म पुग्ने यो सडक कालोपत्रे योजनाअन्तर्गत पहिलो चरणको काम पूरा भएको हो ।
तापक्रम वृद्धि हुनासाथ दोस्रो चरणको काम सुरु गर्ने सडक निर्माण कम्पनीले जनाएको छ । फूलजोरदेखि पूर्व–पश्चिम हुलाकी राजमार्गस्थित भेल्हीसम्मको २१ किलोमिटर सडक कालोपत्रे गर्न ७६ करोड रुपैयाँमा ठेक्का लागेको छ ।
आगामी असार मसान्तसम्म सम्झौता अवधी रहेकाले बाँकी निर्माणको काम धमाधम भइरहेको ठेकेदार जीवन कँडेलले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्