Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


शिलान्यास भएको चार महिना बित्दापनि सडक निर्माण कार्य अघि बढेन


0
Shares

रसुवा । शिलान्यास गरेको चार महिना बितिसक्दा पनि स्याफ्रुबेसी रसुवागढी सडकको निमार्णको काम अघि बढन सकेको छैन ।

दुई महिनापछि निमार्णको काम सुरु गर्ने भन्दै २०७६ साल आश्विन ११ गते रसुवाको गोसाईकुण्ड गाँउपालिका २ को घट्ठेखोलामा चाइना टिबेट टिएनन्यु कम्पनी लिमटेडले सडकको शिलान्यास गरेपनि अहिलेसम्म काम अघि बढेको छैन ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्तरोन्नोत्ती हुने स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलो मिटर सडकको काम चार महिना बितिसक्दा पनि सुरु नहुँदा अन्यौलता बढेको छ ।

सम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्नेगरी तीन करोड ७९ लाख बराबरको अमेरिकी डलरमा निमार्ण हुने सडकको साढे आठ मिटर चौडाइमा कालोपत्रे गरिने छ भने छेउमा एक मिटर नाली रहने योजना रहेको छ ।

समयमै काम सम्पन्न गर्ने गरी सडकको छेउमा रहेका विद्युत्का तार तथा सडकको छेउमा बनाइएका घर टहराहरु हटाउने काम भइरहेको गल्छी, त्रिशुली स्याफु्रबेसी रसुवागढी सडक आयोजनाका प्रमुख नारायणद्घत्त भण्डारीले जानकारी दिए ।