२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


अझै दुई हजार चिनियाँ अपराधी नेपालमा


0
Shares

काठमाडौं । राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ ।

चीनबाट आएको विशेषज्ञ टोलीको विशेष सूचना र सहयोगमा १ सय २२ जनालाई सोमबार राजधानीका मनमैजु, महाराजगन्ज र बूढानीलकण्ठबाट सीआईबी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उच्च स्रोतका अनुसार चिनियाँ विशेषज्ञ टोलीले अझै २ हजार चिनियाँ नागरिक आर्थिक अपराधमा संलग्न रहेर नेपालबाट चीनमा आर्थिक अपराधका घटना गराइरहेको सूचना नेपाल प्रहरीलाई दिएको छ । उनीहरू राजधानीका काठमाडौं, भक्तपुर र ललितपुरसहित पोखरा, चितवन र लुम्बिनी आसपास रहेको अनुमान छ ।

गत २८ असोजदेखि १ कात्तिकसम्म चिलीमा आयोजित इन्टरपोलको ८८औं महासभामा समेत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई चिनियाँ इन्टरपोलका प्रमुखले चीनका नागरिकले नेपाल बसेर साइबर अपराध लक्षित घटना गराइरहेको भन्दै विशेष निगरानीका लागि आग्रह गरेका थिए ।

स्रोतका अनुसार बैंक ह्याकिङ प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेपछि करिब दुई साता अघिदेखि तीन दर्जन चिनियाँ विशेषज्ञ अनुसन्धानको टोली नेपालमै बसेर आफ्ना नागरिकको गतिविधिमाथि निगरानी गरिरहेको छ । राजधानी दैनिकबाट