नयाँ बसपार्कमा ‘लोत्से मल’ सञ्चालनमा « Image Khabar


नयाँ बसपार्कमा ‘लोत्से मल’ सञ्चालनमा


Border circle
Imagekhabar

काठमाडौं, असोज १ । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रबार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो ।

८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अध्यक्ष कुँवरले आफुहरुले चुनौतीका बिच अर्बौ खर्च गरेर मल निर्माण गरेको भन्दै राज्यले पनि व्यवसायीहरुलाई सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।

राज्यले व्यवसायीको व्याजका सन्दर्भमा सहजीकरण गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्