
म्याग्दी । म्याग्दीको ऐतिहासिक स्थल खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानीकोत जोड्ने पक्की सिंढीसहितको २ सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो ।
गण्डकी प्रदेशको उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालय र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३ सय ५३ वटा सिंढीसहितको पदमार्ग निर्माण भएको हो ।
पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिडडुल गर्न सकिनुका साथै पर्यटकहरुको समेत आवागमन बढेको स्थानीयले बताएका छन् ।
खड्गभवानी कोत परिसरबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, चुरेनलगायतका १५ वटा भन्दा बढी हिमाल तथा धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढी गाउँहरु अवलोकन गर्न सकिन्छ ।
खड्गभवानी कोत स्थललाई राजधानी बनाई विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाहरुले ज्यामरुककोटमा राज्य गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्