काठमाडौं, भदौ ३१ । कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।
कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजनाका साथै व्यापार घाटा कम गर्न सहयोग भन्दै सञ्चयकर्ताहरुको पैंसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभएकोे हो ।
कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ ।
कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ । सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ
यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु. २ लाख प्रदान गर्दछ ।
यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्