काठमाडौं, भदौ ३१ । परिवार कल्याण महाशाखाले नेपालमा ४७ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने जनाएको छ ।
परिवार नियोजन दिवसको अवसरमा बिहीबार गरिएको कार्यक्रममा महाशाखाले ४४ प्रतिशत व्यक्तिले आधुनिक परिवार नियोजनको साधानको प्रयोग गर्ने गरेको जानकारी दिएको छ ।
परिवार नियोजन साधानको प्रयोगले मातृ तथा शिशु मृत्युदर उल्लेख रुपमा घटेको भन्दै कार्यक्रममा आधुनिक साधानको प्रयोगमा सबैको पहुँच पुर्याउन चुनौती रहेको बताइएको थियो ।
कार्यक्रममा परिवार कल्याण महाशाखाकी डा. कविता अर्यालले परिवार नियोजनको साधान प्रयोगले १० प्रतिशत बाल मृत्युदर र ३० प्रतिशत मातृ मृत्युदर कम भएको जानकारी दिनुभयो ।
अपाङ्ता भएका व्यक्ति, एचआइभी संक्रमित, दलित तथा मुस्किल समुदायमा पहुँच कम पुगेको भन्दै उहाँले दुर्गम स्थानमा भने लामो समय परिवार नियोजनको साधन प्रयोगकर्ता बढेको जानकारी दिनुभयो ।
नेपालमा हाल कुल प्रजनन दर ६ दशमलव ३ प्रतिशतवाट घटेर २ प्रतिशतमा पुगेको छ ।
सरकारले आगामी असोज २ गते कोरोना महामारीमा परिवार योजनामा सबैको पहुँच वरावरी भन्ने नारासहित ८ औं परिवार नियोजन दिवस मनाउँदै छ ।
प्रतिक्रिया दिनुहोस्