
काठमाडौं, पुस ७ । नबिल बैंकले ३५ घन्टाभित्रै ७५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने योजना ल्याएको छ ।
बैंकले ऋणका लागि आवेदन दिएको ३५ घन्टामै १५ देखि ७५ लाखसम्मको साना तथा मझौला ऋण उपलब्ध गराउने ‘सजिलो एक्सप्रेस’ नामको नयाँ योजना सार्वजनिक गरेको हो ।
बैंकले एक वर्षसम्म नबढ्ने गरी बढीमा साढे १० प्रतिशत ब्याजदरमा उक्त ऋण उपलब्ध गराउने पनि जनाएको छ ।
बैंकले ऋण प्रवाहका लागि ‘क्रेडिट स्कोरिङ मोडेल’मार्फत् मूल्यांकन गरिने पनि जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बैंक ३५ वर्ष पुगेको अवसरमा पैतिसै घन्टामा ऋण स्वीकृत गर्ने योजना ल्याएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्