
काठमाडौं, पुस ७ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । यसदिन कारोबार पनि बढ्यो ।
अघिल्लो दिन १ अंकले उकालो लागेको बजार परिसूचक नेप्से यसदिन झन्डै १८ अंकले उकालो लागेर ११ सय ६८ पुग्यो ।
यसदिन सामूहिक लगानी कोष नगन्य अंकले मात्र रातो रहेबाहेक अरु कारोबार भएका सबै समूह उकालो लागे ।
जीवनबिमा समूह सबैभन्दा उच्च १७० अंकले उकालो लाग्यो । निर्जीवन बिमा समूहमा पनि १५८ अंकको वृद्धि आयो । उत्पादनमूलक समूह पनि ११३ अंकले उक्लियो । होटल समूह २६ अंकले बढ्यो । अन्य, लघुवित्त, व्यापार, विकास बैंक र वित्त समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीका १७ लाख ५५ हजार कित्ता बराबर सेयर झन्डै ६० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्