Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


भेडेटारमा ‘फूड फेस्टिभल’ हुने


0
Shares

धनकुटा, पुस ७ । परम्परागत जातीय परिकारको प्रवर्द्धनका लागि पर्यटकीयस्थल धनकुटाको भेडेटारमा परिकार महोत्सव गरिने भएको छ ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा गरिने महोत्सव यही पुस १५ देखि १७ गतेसम्म सन्चालन हुनेछ ।

महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित फलफूल, तरकारी तथा हस्तकलाका साथै कृषि तथा घरेलु उत्पादनका सामग्रीसमेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा गरिन लागेको महोत्सवमा पाराग्लाइडिङ, घोडचढी, र्‍याफ्टिङलगायत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्ने प्याकेज कार्यक्रमसमेत तयार गरिएको एसोसिएसनका पूर्वअध्यक्ष लिलाराज लावतीले बताए ।

यो वर्ष ३० हजार आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउने योजनासहित आयोजित फेस्टिभलमा एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले उल्लेख गरे ।